कामना सेवा विकास बैंकको ३ लाखभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रि खुला
काठमाडाैं, १५ फागुन । कामना सेवा विकास बैंक लिमिटेडको ३ लाख ९ हजार ८९२ कित्ता संस्थापक शेयर बिक्रि खुला भएकाे छ । यसमा सर्वसाधारण फागुन १५ गतेदेखि २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
प्रतिकित्ता १०५ रुपैयाँ अंकित मूल्यमा विक्रीमा आएको यी शेयरकाे विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेकाे छ ।
कम्पनीले खरीदका लागि तोकेएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
बोलपत्र आवेदन फारम विक्री प्रबन्धकको कार्यालय कमलादी, काठमाडौंमा प्राप्त गर्न र पेस गर्न सकिनेछ ।