Date

बिहि, बैशाख २७, २०८१
Thu, May 9, 2024

सर्वोत्तम सिमेन्टको आईपीओ अर्को साता बाँडफाँड हुने

सर्वोत्तम सिमेन्टको आईपीओ अर्को साता बाँडफाँड हुने

काठमाडौं, १९ फागुन । सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ आगामी बुधबार बाड्ने तयारी भैरहेको छ । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आगामी बुधवारसम्ममा सेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

क्यापिटलका अनुसार आगामी आइतवार आईपीओको प्रि अलोटमेन्ट गर्ने तयारी रहेको छ । त्यसपछि धितोपत्र बोर्डमा आईपीओ बाँडफाँटको लागि स्वीकृति माग गरिने र बोर्डले अनुमति दिएमा बुधबारसम्म आईपीओ बाँडफाँड गर्ने क्यापिटलको तयारी छ ।

कम्पनीको आईपीओमा माग भन्दा १९ दशमलव ३२ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिनसम्ममा १० लाख १२ हजार ३८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताको लागि आवेदन परेको छ । यो १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँ बरावरको आवेदन हो ।

कम्पनीले फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म सर्वसाधारणलाई आईपीओ विक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रझावितलाई सेयर विक्री गर्दा बित्री नभएको ६,८१,५३० कित्ता समेत जोडेर सर्वसाधारणलाई सेयर निष्कासन गरेको हो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x