Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

२०२४ को दुई महिनामा १ लाख ७६ हजार पर्यटक नेपाल भित्रिए

२०२४ को दुई महिनामा १ लाख ७६ हजार पर्यटक नेपाल भित्रिए

काठमाडाैं, १९ फागुन । २०२४ को पहिलाे दुई महिनामा १ लाख ७६ हजार ५ सय २६ पर्यटक नेपाल भित्रिएका छन् । जनवरीमा ७९ हजार १०० र फेब्रुअरीमा ९७ हजार ४ सय २६ पर्यटक नेपाल भित्रिएका हुन् । जुन गत वर्षकाे दुई महिनाकाे तुलनामा ४८ हजार १ सय ९७ ले बढी हाे ।

यसअघि सन् २०२३ को जनवरीमा ५५ हजार ७४ र फेब्रुअरीमा ७३ हजार २ सय ५५ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

यस अवधिमा सबैभन्दा बढी भारतबाट ४९ हजार ७ सय १७ पर्यटक नेपाल भित्रिएका छन् । यस्तै यस अवधिमा चीनबाट १६ हजार ४ सय ४७, अमेरीकाबाट १७ हजार १ सय ३६, थाइल्याण्डबाट ९ हजार ४ सय १८, बेलायतबाट ७ हजार ८ सय ४७, बङ्गलादेशबाट ७ हजार ७  सय २८, अष्ट्रेलियाबाट ६ हजार ३ सय ९७ पर्यटक नेपाल भित्रिएका छन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x