Date

शनि, बैशाख १, २०८१
Sat, April 13, 2024

सेयर बजारमा सकारात्मक सर्किट, ६ प्रतिशतले बढेर सकियो सोमबारको कारोबार

सेयर बजारमा सकारात्मक सर्किट, ६ प्रतिशतले बढेर सकियो सोमबारको कारोबार

काठमाडौं, २१ फागुन । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचकमा तेस्रो सकारात्मक सर्किट लागेसँँगै आजको लागि कारोबार बन्द भएको छ ।

सत्ता गठबन्धन फेरिएपछि सोमबार सेयरबजार ६ प्रतिशतले बढेर बन्द भएको हो ।

सोमबार बजार खुलेको केही समयमा नै ७९दशमलव २९ अङ्कले बढेपछि कारोबार पहिलोपटक रोकिएको थियो । त्यसपछि थप एक प्रतिशतले बजार बढ्दा दोस्रो सर्किट ब्रेकर लागेको थियो । ४० मिनेटपछि खुलेको बजार थप एक प्रतिशतले बढेसँगै आजको लागि कारोवार बन्द भएको छ । आज कुल बजार ११७ दशमलव ७० अङ्कले बढेर २ हजार ७८ विन्दूमा बन्द भएको छ ।

आज ३० बढी कम्पनीको सेयरमूल्य १० प्रतिशतकै हाराहारीमा बढेका छन् । आज कुल ३७ करोड ५२ लाख ९ हजार ९७८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सर्वाधिक कारोबार सोनाको भएको छ ।

नेप्सेको नियम अनुसार कारोबार शुरु भएको पहिलो घण्टामै बजार चार प्रतिशतले बढे कारोबार २० मिनेटसम्म रोकिने गर्दछ । त्यसपछि दोस्रो घण्टाभित्र बजार पाँच प्रतिशतले बढे दोस्रो सर्किट ब्रेकर लाग्छ र कारोबार ४० मिनेटसम्म बन्द गरिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x