Date

शनि, साउन १२, २०८१
Sat, July 27, 2024

माउन्टेन इनर्जीको वार्षिक साधारणसभा चैत १३ गते

माउन्टेन इनर्जीको वार्षिक साधारणसभा चैत १३ गते

काठमाडौं, २१ फागुन । माउन्टेन इनर्जी नेपाल लिमिटेडले १० औं वार्षिक साधारणसभा बोलाएको छ । फागुन २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले चैत १३ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बस्ने गरि साधारणसभा बोलाएको हो ।

कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी साधारणसभाबाट पारित गरि कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने २९ करोड ५२ लाख ५ हजार ५० रुपैयाँ बराबरको बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव ७८९५ प्रतिशतले हुन आउने १ करोड ५५ लाख ३७ हजार ५७३ रुपैयाँ नगद लाभांश गरि कुल १५ दशमलव ७८९५ प्रतिशत लाभांशका रुपमा बाँड्न लागेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि फागुन ३० गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । त्यसैले फागुन २९ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x