Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

मुक्तिनाथ विकास बैंक र जनप्रिय बहुमुखी क्याम्पस विच सम्झौता

मुक्तिनाथ विकास बैंक र जनप्रिय बहुमुखी क्याम्पस विच सम्झौता

काठमाडौं, १७ असार । मुक्तिनाथ विकास बैंक र जनप्रिय बहुमुखी क्याम्पस पोखरा विचमा मानव संसाधन व्यवस्थापन गर्ने गरी एक आपसमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने क्रममा जनप्रिय बहुमुखी क्याम्पसवाट विविए÷विविएस÷एमविए र एमविएसमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रकृया पुरा गरी कर्मचारीको रुपमा नियुक्त गर्ने निर्णय भएको छ । जसवाट शैक्षिक वेरोजगारीको उचित र सहि व्यवस्थापन गर्न सकिनेमा दुवै पक्ष विश्वस्त रहेका छन् ।

सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट क्षेत्रीय प्रवन्धक वावुराम ढकाल र जनप्रिय बहुमुखी क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख विरन्जी गौतमवाट हस्ताक्षर भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x