Shangrila

कामना सेवाको ११औं वार्षिक साधारण सभा असार ३२ गते, बुक क्लोज १८ गतेबाट

काठमाडौं, १७ असार । कामना सेवा विकास बैंकले शेयरधनीहरुलाई असार ३२ गते ११औं वार्षिक साधारण सभाको लागि बोलाएको छ । उक्त साधारण सभामा बैैंकले शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने जनाएको छ । बैंकले प्रस्ताव गरेको १२ प्रतिशत लाभांश मध्ये ५.५० प्रतिशत बोनस शेयर र ६.५० प्रतिशत नगद लाभांश रहेको छ ।

बैंकले वार्षिक साधारण सभा र लाभांश प्रयोजनको लागि असार १८ देखी ३२ गतेसम्म शेयरदर्ता किताब बन्द गर्ने भएको छ । आजसम्ममा बैंकको शेयर खरिद गर्ने लगानीकर्ताहरुले बैंकले प्रस्ताव गरेको लाभांश सुरक्षित गरि वार्षिक साधारण सभामा सहभागी हुन पाउनेछन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *