पाँच कम्पनीहरुको १ करोड ११ लाख ७७ हजार १७१.५९ कित्ता शेयर सुचिकृत
काठमाडौं, १७ असार । गत शुक्रबार नेपाल स्टक एक्सचेन्जमा पाँच कम्पनीहरुको १ करोड ११ लाख ७७ हजार १७१.५९ कित्ता शेयर सुचिकृत भएका छन् । जसमध्ये २ कम्पनीहरुको ३९ लाख १ हजार ८७३ कित्ता बोनस शेयर सुचिकृत भएका छन् भने ७२ लाख ७५ हजार २९८.५९ कित्ता हकप्रद शेयर सुचिकृत भएका छन् ।
कर्णाली डेभलपमेन्ट बैंक र ओम डेभलपमेन्ट बैंकको बोनस शेयर सुचिकृत भएका छन् । यस्तै हकप्रद शेयर सुचिकृत गराउनेमा सुर्याेदय लघुवित्त वित्तीय संस्था, देवः विकास बैंक र मन्जुश्री फाइनान्स रहेको छ ।
कर्णाली डेभलपमेन्ट बैंकले १ लाख २० हजार आठ कित्ता र ओम डेभलपमेन्ट बैंकले ३७ लाख ८१ हजार ७३ कित्ता बोनस शेयर सुचिकृत गराएका छन् । सुर्योदय लघुवित्तको २ लाख ८० हजार कित्ता, देवः विकास बैंकको ६५ लाख ३३ हजार १०८.५९ कित्ता र मन्जुश्री फाइनान्सको ३ लाख ६२ हजार १९० कित्ता हकप्रद शेयर सुचिकृत भएका छन् ।