Date

बिहि, पुस २५, २०८१
Thu, January 9, 2025

सिद्धार्थ इन्स्योरेन्सको हकप्रदको बिक्री खुल्ला

सिद्धार्थ इन्स्योरेन्सको हकप्रदको बिक्री खुल्ला

काठमाडौं, १७ असार । सिद्धार्थ इन्स्योरेन्सले आज असार १७ गतेबाट हकप्रद शेयरको बिक्री खुल्ला गरेको छ । इन्स्योरेन्सले १० बराबर ३।५ कित्ता अर्थात ३५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले उक्त हकप्रद शेयरको बिक्री बन्द श्रावण २० गते गर्ने बताएको छ ।

हकप्रद शेयर निष्कासनको लागि इन्स्योरेन्स्ले जेठ १ गते शेयर दर्ता किताव बन्द गरेको थियो । जेठ १ अगाडि नै इन्स्योरेन्सको शेयर खरिद गर्ने लगानीकर्ताहरुले हकप्रद शेयरको आवेदन दिन पाउनेछन् ।

कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य भएको २२ करोड ४४ लाख ९७ हजार ३५० रुपैयाँ बराबरको २२ लाख ४४ हजार ९७३।५० कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ । कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

हकप्रद शेयरको पुँजीकरण पछि कम्पनीको चुक्ता पुँजी ८६ करोड ६० लाख रुपैया पुग्नेछ । कम्पनीको हाल चुक्ता पुँजी ६४ करोड १६ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x