Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

झ्यामोलोङ्गमा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

झ्यामोलोङ्गमा हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं, २ चैत । झ्यामोलोङ्गमा हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताबसहित अन्य प्रस्ताव पारितका लागि चैत २४ गते २२ औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।

सभा पोखरा, कास्कीमा विहान ११ बजे सुरू हुनेछ । सभाले कम्पनीको पूँजी बृद्धिको प्रस्ताव पारित गर्दै आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा आईपीओ जारी गर्न स्वीकृति प्रदान गर्नेछ ।

त्यस्तै, सभामार्फत गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पनि स्वीकृत हुनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x