Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

१० अंकले घट्यो नेप्से परिसूचक

१० अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, ४ चैत। साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से १० दशमलव ६२ अंकले घटेर २ हजार ७० दशमलव २५ विन्दुमा बन्द भएको हो ।

आइतबार ८४ लाख ६ हजार कित्ता सेयर ३ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ८४ वटाको बढेको छ भने १५० वटा कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १० कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आइतबार सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x