सुन प्रकरणमा मुछिएका कृष्णबहादुर महरा पक्राउ
काठमाडौं, ५ चैत । सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
महरालाई कपिलवस्तुबाट पक्राउ गरिएको र काठमाडौं ल्याउन लागिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्न गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका थिए ।
त्यसअघि सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।
यसअघि महरासँग आयोगले बयानसमेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
त्यस्तै सुन तस्करी प्रकरणमै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पनि पक्राउ परिसकेका छन ।