Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्धित रिलायबल प्राइभेट इक्वीटी फण्ड र अकामा होटल बीच लगानी सम्झौता

रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्धित रिलायबल प्राइभेट इक्वीटी फण्ड र अकामा होटल बीच लगानी सम्झौता

काठमाडौं, ५ चैत । हालै आयोजित एक कार्यक्रममा बालुवाटार, काठमाण्डोै स्थित कोष व्यवस्थापक रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्धित रिलायबल प्राइभेट इक्वीटी फण्डबाट धुम्बाराही काठमाण्डौ अवस्थित, सम्पूर्ण सेवा सुविधा सहित पूर्ण रुपमा सञ्चालनमा रहेको पाँचतारे वर्गको अकामा होटल लिमिटेडमा लगानी गर्ने सम्झौता भएको छ । फण्डको तर्फबाट कोष व्यवस्थापकका प्रमुख कार्यकारी अधिकृत सुदय कान्त झा र अकामा होटलको तर्फबाट होटलका अध्यक्ष विनय कुमार श्रेष्ठले लगानी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

लगानी सम्झौता अनुसार, रिलायबल प्राइभेट इक्वीटी फण्डले अकामा होटलमा बाइस करोड पचास लाख रुपैँया लगानी गरी प्राथमिक सार्वजनिक निष्कासन पश्चात् कायम रहने शेयर पूँजीको दश प्रतिशत रकम बराबरको सेयर खरिद गर्नेछ । रिलायबल प्राइभेट इक्वीटी फण्ड, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्र्तगत नेपाल धितोपत्र बोर्डमा दर्ता भई संस्थापन तथा सञ्चालन भएको कोष हो जसको व्यवस्थापन रिलायबल भेन्चर क्यापिटल लिमिटेडले गरको छ । यस कोषको मुख्य उद्देश्य सूचिकृत नभएका संस्थाहरुमा लगानी गरी सो सस्ंथाहरुलाई एक वैकल्पिक वित्तीय श्रोत उपलब्ध गराउनु रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *