संस्थागत लगानीकर्ताले दिएनन् एफपिओमा चासो

काठमाडौ,१८ असार । पछिल्ला दिनहरुमा थप प्राथमिक निष्काशन (एफपिओ) सेयर बजारमा लागानी अरुचीको विषय बन्दै गएको छ । बुटबल पावर कम्पनीको एफपिओबाट सुरु भएको अरुचिको यो क्रम नेपाल बैंकको एफपिओसम्म आईपुग्दा अझ बढ्दो छ । दोस्रो बजार निरन्तर तल झरिरहेका बेला निष्काशन भएको नेपाल बैंकको एफपिओ खरिदका लागि आवेदन कम परेको छ । बैंकको एफपिओमा सिमित मात्रामा आवेदन परेको छ । यति मात्र होइन अझ ठूला संस्थागत लगानीकर्ताले बैंकको एफपिओमा आवेदन नगर्ने भनाई सार्वजनिक गर्न थालेका छन् । अहिलेको अवस्थामा दोस्रो बजारबाट सेयर खरिद गर्नु र एफपिओ आवेदन गर्नुमा कुनै फरक नरहेको भन्दै संस्थागत लगानीकर्ताले चासो नदिएका हुन । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष लगायतका संस्थाले बैंकको एफपिओमा ठुलो रकम लगानी गर्दै छन् भन्दै बजारमा हल्ला चलेपनि पनि एफपिओ लगानीमा संस्थगत लागनी कर्ता इच्छुक देखिएका छैनन् ।