Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

८ महिनामा नेपाल भित्रिए ६ हजार ४३५ वटा विद्युतीय कार

८ महिनामा नेपाल भित्रिए ६ हजार ४३५ वटा विद्युतीय कार

काठमाडौं, ६ चैत । चालु आर्थिक वर्ष २०८०/०८१ को ८ महिनाको अवधिमा ६ हजार ४३५ वटा विद्युतीय कार आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ८ महिनामा ६ हजार ४३५ वटा विद्युतीय कार आयात भएका हुन् ।

उक्त आयातमा १५ अर्ब ८१ करोड ९७ लाख ६० हजार रुपैयाँ बाहिरिएको छ। यो अवधिमा उक्त कार आयात हुँदा सरकारले ६ अर्ब ९९ करोड २६ लाख रुपैयाँ राजस्व आम्दानी गरेको छ।

५० किलोवाटसम्म चीनबाट ६६४, भारतबाट २ हजार ४८, इन्डोनेसियाबाट ३४ वटा आएको छ।

५१ देखि १ सय किलोवाटसम्म चीनबाट ३ हजार २६० वटा, भारतबाट ३३२, कोरियाबाट ३ वटा आयात भएको छ।

१०१ देखि २ सय किलोवाटसम्म चीनबाट २९, जर्मनीबाट ६, कोरियबाट ४० वटा विद्युतीय कार आयात भएको छ।

२०१ किलोवाटभन्दा माथिका चीनबाट १६, जर्मनीबाट १ वटा, अमेरिकाबाट २ वटा विद्युतीय कार आयात भएको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x