Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

सानिमा क्यापिटल तथा सेक्युरिटीजको संयुक्त आयोजनामा पूँजीबजार सम्बन्धी वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन

सानिमा क्यापिटल तथा सेक्युरिटीजको संयुक्त आयोजनामा पूँजीबजार सम्बन्धी वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन

काठमाडौं, ७ चैत । ग्लोबल मनि विक २०२४ को अवसरमा सानिमा बैंकको पूर्ण स्वामित्वमा रहेको सानिमा क्यापिटल तथा सानिमा सेक्युरिटीजको संयुक्त आयोजना र नेपाल धितोपत्र बोर्डको प्रत्यक्ष सहभागितामा पूँजीबजार सम्बन्धी वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन भएको छ ।

विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोबृत्ति विकास गराउने उद्धेश्यका साथ उक्त कार्यक्रम सञ्चालन भएको हो ।

उक्त कार्यक्रम धापासी, काठमाण्डौस्थित काठमाण्डौ इन्स्टिच्युट अफ टेक्नोलोजी क्याम्पसका इन्जिनियरिङ बिधामा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुबीच नेपालको पूँजीबजार सम्बन्धी वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम चैत ७ गते सञ्चालन गरिएको हो ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक भुवन देशारका साथै सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र सानिमा सेक्युरिटीजका प्रमुख कार्यकारी अधिकृत सन्जिव पौडेल लगायतका कर्मचारीहरुको प्रत्यक्ष सहभागितामा नेपालको पूँजीबजार क्षेत्रको विभिन्न आयामहरुको बारे छलफल तथा प्रस्तुति गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x