Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पिपुल्स हाईड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने

पिपुल्स हाईड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौं, ८ चैत । पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्कासन गर्ने प्रमुख एजेण्डासहित १६ औं वार्षिक साधारण सभा बोलाएको हो ।

बैठकले आगामी चैत ३० गते शुक्रबारका दिन काठमाडौं बुद्धनगरमा रहेको क्वालिटी बैंक्वेटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा २ः१ अनुपातमा हकप्रद जारी गर्ने,अधिकृत र जारी पूाजी वृद्धि गर्ने र नियमनकारी निकाय वा कार्यालयबाट कुनै पनि विषयमा संशोधन, परिवर्तन तथा कुनै पनि किसिमको निर्देशन भएमा सोहि बमोपजम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु स्वीकृत गर्ने तथा आ.व २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

यसैगरी सस्थापक सेयरधनी तर्फका ५ जना संचालकको निर्वाचन गनेप्रस्ताव पनि पारित गरिनेछ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैलै चैत १४ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन र हकप्रद सेयरमा आवेदन दिन पाउँनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x