Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

भन्सार राजस्वमा सुधारको संकेत (भिडियोसहित)

भन्सार राजस्वमा सुधारको संकेत (भिडियोसहित)

काठमाडौं, १२ चैत । चालु आर्थिक वर्षको ८ महिनामा सरकारले ६ खर्ब ३९ अर्ब राजस्व संकलन गरेको छ । जुन गत फागुन मसान्त सम्मको भन्दा ७ दशमलव १३ प्रतिशतले बढी हो । गत आर्थिक वर्षकोयहि अवधिमा सरकारले । ५ खर्ब ८२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । यस आर्थिक वर्षमा राजस्वमा झिनो सुधार देखिएको हो । अर्थमन्त्रालयले हालसम्मको राजस्वको अवस्थालाई हेरेर यसको समिक्षाका आधारमा वैकल्पिक राजस्व संकलन कार्ययोजनाको कार्यान्वयन अघि बढाएको छ । यसको सफल कार्यान्यनपछि राजस्व परिचालनमा सुधार हुँदै जाने अर्थमन्त्रालयका राजस्व सचिव रामप्रसाद घिमिरे बताउँछन् । ्

महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार सरकारले चालु आर्थिक वर्षको ८ महिनामा कर राजस्वबाट ५ खर्ब ७८ अर्ब रुपैयाँ र गैर कर राजस्वबाट ६० अर्ब ३७ करोड रुपैयाँ र अन्य प्राप्तिबाट संकलन गरेको छ । आगामी दिनमा राजस्व वृद्धिका लागि अर्थमन्त्रालय विभिन्न योजना योजना बनाएकार अघि बढेको छ । राजस्व प्रशासनमा सुधार ल्यायी करको दयरा बढाउन मन्त्रालयले भन्सार चुहावट नियन्त्रण, व्यवसायीक कारोबार प्रवद्र्धन नीति, चुस्त दुरुस्त प्रविधीमैत्री करप्रणाली विकासको योजना अघि बढाएको घिमिरेको भनाई छ ।

चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व संकलनको लक्ष्य राखेकोमा गत शुक्रबार सम्म लक्ष्यको करीव ४६ प्रतिशत अर्थात ६ खर्ब ५४ अर्ब ३९ करोड राजस्व संकलन भएको छ । गत आव २०७९/८० मा लक्ष्यको ६८ दशमलव २१ प्रतिशत मात्र राजस्व संकलन भएको थियो । गत आवमा सरकारले १४ खर्ब ३ अर्ब राजश्व उठाउने लक्ष्य लिएकोमा ९ खर्ब ५७ अर्ब रुपैयाँ मात्रै राजश्व उठाउन सकेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x