Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

आठ महिनामा जीवन बीमा कम्पनीहरुले संकलन गरे ९८ अर्ब ५३ करोड बीमा शुल्क

आठ महिनामा जीवन बीमा कम्पनीहरुले संकलन गरे ९८ अर्ब ५३ करोड बीमा शुल्क

काठमाडौं, १२ चैत। चालु आर्थिक वर्षको ८ महिनामा बीमा कम्पनीहरुले ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फागुन मसान्तसम्म कूल बीमा शुल्क मध्ये १४ जीवन बीमा कम्पनीहरुले ९८ अर्ब ५३ करोड १६ लाख र ३ लघु जीवन बीमा कम्पनीहरुले ५ करोड ८९ लाख बीमा शुल्क संकलन गरेका हुन् ।

फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २६ अर्ब ३० करोड, दोस्रोमा एलआईसी नेपालले ११ अर्ब ५७ करोड र तेस्रोमा नेशनल लाइफले ११ अर्ब ५६ करोड कूल बीमा शुल्क संकलन गरेको छ ।

सबैभन्दा कम सन नेपाल लाइफ इन्स्योरेन्सले यस अवधिमा महिनामा २ अर्ब ४७ करोड १० लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x