Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

पानासोनिकको एयर कन्डिसनरमा भारी छुट अफर

पानासोनिकको एयर कन्डिसनरमा भारी छुट अफर

काठमाडाैं, १४ चैत । जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयरकन्डिसनरमा भारी छुटको अफर आएको छ । नेपालका लागि पानासोनिक एयर कन्डिसनरको अधिकृत वितरक त्रिवेणी ग्रुपले ३२ हजार रुपैयाँ छुटको अफर ल्याएको हो ।

उक्त छुट योजना १ टन क्षमताको इन्भर्टर टाइप एयर कन्डिसनरमा लागू हुने कम्पनीको भनाइ छ ।कम्पनीका अनुसार १ लाख १३ हजार रुपैयाँ पर्ने उक्त एयर कन्डिसनर यो अफरअन्तर्गत ८० हजार ९९० रुपैयाँमै पाइने छ । भारी छुटका अतिरिक्त कम्पनीले ग्राहकलाई अन्य सुविधा पनि दिएको छ । जस अन्तर्गत निःशुल्क जडान, निःशुल्क डेलीभरी र १२ मिटर कपर पाइन निःशुल्क पाइनेछ ।

ऊर्जा किफयती तथा वातावरणमैत्री उक्त एयरकन्डिसनरमा १० वर्षको कम्प्रेसर वारेन्टी दिइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

पानासोनिक एसिमा PM 2.5 filter रहेको छ, जुन तपाईंको रुम भित्र भएको सानो भन्दा सानोDust Particle जस्तै धुवा धुलो सबै फिल्टर गरेर एयर प्युरिफिकेशन गर्छ र तपाईंले रुमको लागि छुटै एयर प्युरिफायर किन्न पर्दैन ।

पानासोनिकको Durability को कुरा गर्नुहुन्छ भने यसमा Shield-Blu Technology रहेको छ जसमा एसीको Outdoor unit मा anit-corrosion coat गरिएको हुन्छ । यसले तपाईंको एसीमा लिकेज र त्यस भित्र भएको कपरहरुलाई सेफ राख्छ र हिट एक्सचेन्जरको लाईफलाई बढाउँछ ।

यो एयर कन्डिसनर जगदम्बा हायर पर्चेज लिमिटेडबाट शून्य प्रतिशत किस्ताबन्दीमा पनि खरिद गर्न सकिने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x