अगाडी बढ्यो पर्यटन बोर्डको सीईओ नियुक्तिको प्रक्रिया
![अगाडी बढ्यो पर्यटन बोर्डको सीईओ नियुक्तिको प्रक्रिया](https://arthakoartha.com/wp-content/uploads/2023/12/Paryatan-Board-Tourism-board16252223881643511470.jpg)
काठमाडौं, १६ चैत। गत माघ १६ गतेदेखि नै खाली रहेको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुिक्तको प्रकृया अगाडी बढ्ने भएको छ । बोर्ड सञ्चालक समितिले बोर्डको सीईओ नियुक्त गर्न आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिएको हो ।
यद्यपी, विहीबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै बोर्डमा माघ २२ देखि रिक्त रहेको बोर्ड सदस्यले पूर्णता पाएको हो ।