Date

शनि, बैशाख १, २०८१
Sat, April 13, 2024

पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढ्यो

पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढ्यो

काठमाडौं, १९ चैत । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढाएको छ । यससँगै सोमबार (आज) देखि काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम भएको छ ।

निगमका अनुसार भारतबाटै पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ७६ पैसाले बढेर आएसँगै आन्तरिक बजारमा पनि मूल्य समायोजन गरिएको हो ।

यस्तै डिजेल तथा मट्टितेलको मूल्य पनि ३९ पैसा बढेर आएको छ । तर हाललाई खुद्रा बिक्री मूल्यमा कुनै फेरबदल नगरी पुरानै मूल्य कायम गरिएको छ ।

यसैगरी एलपी ग्यासको मूल्य २७ रुपैयाँ ४४ पैसा बढेर आएको छ । मूल्य बढेर आए पनि नेपालमा हेरफेर भने नगरिएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x