Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

१९ औं फेवा नव बर्ष महोत्सव चैत २९ देखि बैशाख १ गते सम्म हुने

१९ औं फेवा नव बर्ष महोत्सव चैत २९ देखि बैशाख १ गते सम्म हुने

काठमाडौं, २१ चैत । होटल संघ पोखराको आयोजनामा हुने १९ औं फेवा नव बर्ष महोत्सव चैत २९ गते देखि बैशाख १ गते सम्म आयोजना हुने भएको छ । महोत्सव फेवाताल किनार ड्यामसाइड चोकदेखि खहरेचोक सम्मको सडकमा आयोजना हुने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

पर्यटन संस्कृति र खाना” भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको बताइएको छ।

महोत्सवको अवसरमा आयोजकले संघ मातहतका होटलहरुको प्रकाशित दररेटमा २० प्रतिशत सम्म छुटको घोषणा समेत गरेको छ ।

महोत्सवमा परम्परागत नेपाली खानाको प्रबद्र्धन,सास्कृतिक झाँकिका कार्यक्रम,लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट,स्थानीय कलाकारद्धारा बिभिन्न सांस्कृतिक नृत्य, हास्यब्यङय प्रस्तुति,पर्यटक दौड प्रतियोगिता हुने आयोजक समितीले जनाएको छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x