Date

मङ्ल, जेष्ठ १५, २०८१
Tue, May 28, 2024

सुर्यज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रतिशत लाभांश दिने

सुर्यज्योति लाइफ इन्स्योरेन्सले ३५ प्रतिशत लाभांश दिने

काठमाडौं, २१ चैत । सुर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको चैत्र २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको १० दशमलव २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरि २४ दशमलव ७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x