Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

काठमाडौं, ४ वैशाख । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ४ दशमलव ७५ प्रतिशत बोनस सेयर रहेको छ भने शून्य दशमलव २५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

बैशाख ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x