Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

गुरुप्रसाद न्यौपाने विशेषको फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

गुरुप्रसाद न्यौपाने विशेषको फैसलाप्रति असन्तुष्ट, सर्वोच्चमा पुनरावेदन गर्ने तयारी

काठमाडौं, ४ वैशाख। गुरु प्रसाद न्यौपानेले गत वैशाख २ गते विशेष अदालतले गरेको फैसला त्रुटीपूर्ण रहेको बताउँदै सर्वोच्च जाने तयारी गरेका छन् ।

नेपालमा पहिलो पटक सेयर खरिदबिक्री गरेको आरोपमा ७५ हजार रुपैयाँ नगद जरिवाना गर्ने र १० वर्षसम्म पब्लिक लिमिटेड कम्पनीको सञ्चालक हुन रोक लगाएको र सोही कारोबारलाई भित्री कारोबार भनी अपुष्ट तथ्यको आधारमा काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरी सो मुद्दा विचाराधिन रहेको र सो मुद्दा फैसला हुँदा सो मुद्दावाट भित्री कारोबार हो, होईन भन्ने निर्णय हुन बाँँकी रहेकाले न्यौपानेले सर्वोच्च जाने तयारी गरेको बताएका छन् ।

गुरुप्रसाद न्यौपानेले आफु अध्यक्ष रहँदा २९ हजार ९५३ कित्ता रिडी पावर कम्पनीको सेयर खरिद त्रुटिपूर्ण रुपमा खरीद गरि ३९ हजार २३ कित्ता सेयर बिक्री गरेको दाबी गरेका छन् ।

विशेष अदालतले गत आइतबार न्यौपानेलाई १ करोड ९९ लाख १० हजार २ सय ५२ रुपैयाँ बिगोको दोब्बर जरिवाना हुनेगरी ३ करोड ९८ लाख २० हजार ५ सय ४ रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय तथा बिगो कायम गरिएको रकम बराबरको सम्पत्ति जफतको फैसला गरेको थियो

न्यौपाने जेष्ठ नागरिक भएको कारण देखाउँदै विशेषले ठहर भएको दुई वर्ष कैदलाई ५० प्रतिशत मिनाहा गरी १ वर्ष मात्र कायम हुने पनि आदेश गरेको छ ।

धितोपत्र बोर्ड आफुले गर्नुपर्ने प्रत्यक्ष निगरानी, निरीक्षण सुपरिवेक्षण गर्ने दायित्व पुरा नगरी आफुमाथि कारबाही गरेको र सेयर खरिदबिक्री गर्ने कामलाई नियमित र नियन्त्रण गर्ने ब्रोकर कम्पनीलाई कुनै कारबाही नगरि एकहोरो रुपमा गरिएको कारबाही कानून संगत छ वा छैन भन्ने कुरा भविष्यमा सर्वोच्च अदालतले फैसला गरेपश्चात पुष्टि हुने न्यौपानेले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x