Date

मङ्ल, बैशाख १८, २०८१
Tue, April 30, 2024

ज्योति विकास बैंकको तेस्रो त्रैमासिक विवरण सार्वजनिक

ज्योति विकास बैंकको तेस्रो त्रैमासिक विवरण सार्वजनिक

काठमाडौं, ५ वैशाख । ज्योति विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको एनपिएल बढ्दा नाफामा गिरावट आएको छ ।

खुद नाफारघाटा (अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफामा उल्लेख्य गिरावट भएको छ । यस त्रैमासमा बैंकको खुद नाफा ५ करोड २२ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ११ करोड ८४ लाख रुपैयाँ रहेको थियो ।

तेस्रो त्रैमासमा बैंकले ५८ करोड २६ लाख रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्ष ५२ करोड ६१ लाख रहेको थियो ।

सञ्चालन मुनाफा ( तेस्रो त्रैमासमा बैंकको सञ्चालन मुनाफा ६३ करोड ९२ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ६१ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x