Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

तोलामा ६ सय रूपैयाँ घट्यो सुनकाे मूल्य

तोलामा ६ सय रूपैयाँ घट्यो सुनकाे मूल्य

काठमाडाैं, ६ बैशाख । लगातार बढेकाे सुनकाे मूल्य बिहिबार भने घटेकाे छ । बिहिबार सुन प्रतिताेला ६०० रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतितोला एक लाख ३८ हजार ६ सय रूपैयाँ र तेजावी सुनकाे मूल्य प्रतितोला १ लाख ३७ हजार ९ सय ५० रूपैयाँ कायम भएकाे छ ।

हिजाे छापावाल सुन प्रतिताेला एक लाख ३९ हजार दुई सय रूपैयाँ र तेजावी सुन प्रतिताेला १ लाख ३८ हजार ५५० रूपैयाँमा काराेबार भएकाे थियाे ।

बुधबार एक हजार सात सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार सात सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x