Date

मङ्ल, बैशाख १८, २०८१
Tue, April 30, 2024

स्वदेशी उद्योगको विकासमार्फत अर्थतन्त्र अझै चलायमान बनाउन आवश्यक छः मन्त्री भण्डारी

स्वदेशी उद्योगको विकासमार्फत अर्थतन्त्र अझै चलायमान बनाउन आवश्यक छः मन्त्री भण्डारी

काठमाडौं, ६ वैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोमर भण्डारीले स्वदेशी उद्योगको विकासको माध्यमबाट अर्थतन्त्र चलायमान बनाउन आवश्यक रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाद्धरा आयोजित कार्यक्रममा उनले सवल र सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायहरुको आत्मबल बढाउँदै नयाँ आर्थिक अवसरहरु सृजना गर्न आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने,‘केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधारहरु आउन थालेको छ। अर्थतन्त्रमा केही सूचकहरु सुधारोन्मुख रहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योग विकासको माध्यमबाट अर्थतन्त्र अझै चलायमान बनाउन आवश्यक देखिन्छ। सवल सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायहरुको आत्मबल बढाउँदै नयाँ आर्थिक अवसरहरु सृजना गर्न आवश्यक देखिएको छ। यसले एकातिर अर्थतन्त्रमा सकरात्मक सन्देश प्रवाह गर्छ भने अर्कातिर देशभित्रै रोजगारीको अवसर सिर्जना हुन्छ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x