Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

साढे १३ प्रतिशतले घट्यो वाणिज्य बैंकहरुको नाफा, ७ बैंकहरूकाे नाफा बढ्दा १३ बैंककाे घट्याे

साढे १३ प्रतिशतले घट्यो वाणिज्य बैंकहरुको नाफा, ७ बैंकहरूकाे नाफा बढ्दा १३ बैंककाे घट्याे

काठमाडाैं, ७ बैशाख । २० वटा वाणिज्य बैंकहरूले तेस्राे त्रैमासकाे अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार बैंकहरुको खुद नाफा १३.४७ प्रतिशत घटेको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएकाेमा यस अवधिमा वाणिज्य बैंकहरूले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन्।

सार्वजनिक विवरण अनुसार २० वटा वाणिज्य बैंकहरू मध्ये ७ वटाकाे नाफा बढेकाे छ भने १३ बैंककाे नाफा घटेकाे छ ।

कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म दुई अर्ब पाँच करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत वर्षकाे तुलनामा ९७.२२ प्रतिशतले वृद्धि भएको हाे ।गत वर्षको चैत मसान्तसम्म बैंकले एक अर्ब चार करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस अवधिमा सबै बढी नाफा आर्जन गर्नेमा लक्ष्मी सनराइज बैंक रहेकाे छ । चैत मसान्तसम्म आइपुग्दा लक्ष्मी सनराइज बैंकको नाफा २७.७० प्रतिशतले बढेर १ अर्ब ६१ करोड ५९ लाख ३ हजार रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा १ अर्ब २६ करोड ५३ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।

यस्तै दाेस्राे बढी नाफा आर्जन गर्नेमा प्राइम कमर्सीयल बैंक रहेकाे छ ।  चैत मसान्तसम्म आइपुग्दा प्राइम कमर्सीयल बैंकको नाफा १६.६७ प्रतिशतले बढेर २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।जुन गत आवको सोही अवधिमा  २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनासम्म आइपुग्दा सिद्धार्थ बैंककाे नाफा १३.०२ प्रतिशतले बढेर १ अर्ब ६८ कराेड ४० लाख रूपैयाँ पुगेकाे छ । गत वर्षकाे साेहि अवधिमा बैंकले १ अर्ब ४९ कराेड १ लाख रूपैयाँ नाफा कमाएकाे थियाे ।

यसैगरी हिमालयन बैंक नाफा कमाउने चाैथाे नम्बरमा छ । चैत मसान्तसम्म आइपुग्दा हिमालयन बैंककाे नाफा १२.०४ प्रतिशतले बढेर १ अर्ब ९४ कराेड ८१ लाख रूपैयाँ पुगेकाे छ । गत वर्षकाे साेहि अवधिमा बैंकले १ अर्ब ७३ कराेड ८८ लाख रूपैयाँ नाफा कमाएकाे थियाे ।

यस्तै चैत मसान्तसम्म नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे नाफा ७.५२ प्रतिशतले बढेकाे छ । यो अवधिमा बैंकले ३ अर्ब २७ कराेड ५२ लाख रूपैयाँ नाफा आर्जन गरेकाे हाे । गत वर्षकाे साेहि अवधिमा बैंकले ३ अर्ब ४ कराेड ६१ लाख नाफा कमाएकाे थियाे ।

तेस्राे त्रैमाससम्ममा एभरेष्ट बैंकले  दुई अर्ब ६० करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।यो नाफा गत वार्षको सोही अवधिको तुलनामा ५.७७ प्रतिशतले बढी हो । गत वर्षको चैत मसान्तसम्म बैंकले दुई अर्ब ४६ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यी हुन नाफा घट्ने १३ वाणिज्य बैंकहरू

यस्तै यस अवधिमा १३ वाणिज्य बैंकहरूकाे नाफा घटेकाे छ । नेपाल बैंकको नाफा ९२.६८ प्रतिशत घटेको छ। बैंकको अपरिस्कृत वित्तीय विवरणमा १३ करोड ५ लाख मात्र नाफा कमाएको देखाएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको थियो ।

चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो चैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार एनआइसी एशिया बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२.३१ प्रतिशतले कम हो ।

माछापुच्छ्रे बैंकको नाफा करिब ३७ प्रतिशतले घटेको छ। गत वर्षको तेस्रो त्रैमासमा बैंकले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु वर्षको सोहीअवधिमा ८५ करोड ४४ लाख रुपैयाँमात्रै खुद नाफा कमाएको हो।

यस्तै नेपाल एसबिआई बैंकको नाफा ३५.५ प्रतिशतले घटेको छ। गत आर्थिक तेस्रो त्रैमाससम्ममा १ अर्ब ८० करोड खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १६ करोड रुपैयाँमात्रै खुद नाफा गरेको छ।

यसैगरी समिक्षा अवधिसम्म राष्ट्रिय वाणिज्य बैंककाे नाफा ३३.६० प्रतिशतले घटेकाे छ । गत चैत मसान्तसम्म ३ अर्ब ५७ करोड ६७ लाख खुद नाफा गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ३७ करोड ४८ लाख रुपैयाँमात्रै खुद नाफा गरेको छ।

यता चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत वर्षकाे यहि अवधिमा चार अर्ब ३५ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको बैंकले यस वर्ष तीन अर्ब ३० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

चैत मसान्तसम्ममा कुमारी बैंकले १ अर्ब ५ करोड २७ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १९.१२ प्रतिशतले कम हो ।गत आवको सोही अवधिमा बैंकले १ अर्ब ३० करोड १६ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबी बैंककाे नाफा १६.४४ प्रतिशतले घटेकाे छ । गत वर्षको तेस्रो त्रैमासमा २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्षकाे साेहि अवधिमा २ अर्ब २४ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ।

यस्तै चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सानिमा बैंककाे नाफा १५.९० प्रतिशतले घटेकाे छ । गत वर्षको तेस्रो त्रैमासमा १ अर्ब ७१ करोड १६ लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्षकाे साेहि अवधिमा १ अर्ब ४३ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नबिल बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।गत आवको सोही अवधिको तुलनामा बैंकको नाफा ८।७६ प्रतिशतले घटेको छ । गत चैत मसान्तसमा बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

प्रभु बैंकको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नाफा ७.२७ प्रतिशतले घटेको छ। बैंकले प्रकाशित गरेको चालू आवको चालू आबको ९ महिनाको १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँ रहेको छ । बैंकको गत आवको सोही अवधिमा बैंकले १ अर्ब ९५ करोड ४६ लाख २५ हजार रुपैयाँ कमाएको  थियो।

स्टान्डर्ड चार्टर्ड बैंकको नाफा ६ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्म खुद नाफा २ अर्ब ४४ करोड ७१ लाख रुपैयाँ छ ।गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा २ अर्ब ६१ थियो ।

यस्तै सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नाफा १.९९ प्रतिशतले घटेकाे छ ।बैंकले चैत मसान्तसम्म एक अर्ब २१ करोड १४ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको चैत मसान्तसम्म एक अर्ब २३ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

 

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x