सुनको मूल्य प्रतितोला १ लाख ३९ हजार ३०० रुपैयाँ
काठमाडौं, ६ वैशाख । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।
योसँगै शुक्रबार छापावाला सुनको मूल्य १ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ भने तेजाबी सुनको मूल्य १ लाख ३८ हजार ६५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य १ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।