Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्कासन गर्ने

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्कासन गर्ने

काठमाडौं, ७ वैशाख । ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्कासन गर्ने भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण गरी आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धी बिहीवार दुई पक्षिय हस्ताक्षर भएको छ ।

सो सम्झौतामा ड्रिम इन्टरनेशनल होटलको तर्फबाट अध्यक्ष गोपाल राना र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन । पर्यटन उद्योगमा फरक पहिचान बनाएको ड्रिम ग्रुप अन्तर्गतको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारणलाई समेत पर्यटन उद्योगमा जोड्ने लक्ष्यसहित सार्वजनिक सेयर निष्कासन प्रक्रिया अगाडी बढाईएको कम्पनीले जनाएको छ ।

पश्चिम नेपालकै व्यापारिक तथा पर्यटकीय शहर बुटवलमा रहेको ड्रिम इन्टरनेशनल होटलले सहलगानी गर्दै देशका ७ वटै प्रदेश तथा पर्यटकीय गन्तव्यहरुमा होटल स्थापना गर्ने योजना बनाएको छ । अव कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x