Date

बुध, पुस २४, २०८१
Wed, January 8, 2025

चैत सम्ममा १७ अर्ब ४७ करोडका ७ हजार ९३ युनिट विद्युतीय गाडी आयात

चैत सम्ममा १७ अर्ब ४७ करोडका ७ हजार ९३ युनिट विद्युतीय गाडी आयात

काठमाडाैं, ९ बैशाख । चालु आर्थिक वर्षकाे ९ महिनामा ७ हजार ९३ युनिट विद्युतीय गाडी आयात भएको  छ । भन्सार विभागकाे तथ्यांक अनुसार यस अवधिमा १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युतीय कार, जिप र भ्यानलगायतको ७ हजार ९३ युनिट सवारीसाधन नेपाल आयात भएका हुन्।

उक्त विद्युतीय गाडी आयातबाट सरकारले ७ अर्ब ७८ करोड २१ लाख ४९ हजार रुपैयाँ बरारबरको राजस्व संकलन गरेको छ।

गत आर्थिक वर्ष २०७९/८० को सोहि अवधिमा भने कुल ६ अर्ब ८४ करोड ७ लाख ९१ हजार रुपैयाँ बराबरको २ हजार ४ सय ५१ वटा विद्युतीय गाडी नेपाल भित्रिएका थिए।

यस अवधिमा चीनबाट १२ अर्ब ३२ करोड १८ लाख ८७ हजार रुपैयाँ बराबरको ४ हजार ५ सय ३३ वटा विद्युतीय गाडी र भारतबाट ४ अर्ब ७४ करोड ५६ लाख ९३ हजार रुपैयाँ बराबरको २ हजार ४ सय ६० वटा विद्युतीय गाडी आयात भएका छन् ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x