Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

बैंकहरूमा थु्प्रियाे ६ खर्ब बढी लगानीयोग्य रकम, किन हुन सकेन लगानी ? (भिडियाे)

बैंकहरूमा थु्प्रियाे ६ खर्ब बढी लगानीयोग्य रकम, किन हुन सकेन लगानी ? (भिडियाे)

काठमाडाैं, १० वैशाख । चालु आर्थिक वर्षको शुरुदेखि नै निरन्तर बैंक ब्याजदर घट्दो क्रममा रहे पनि कर्जाको माग भने बढ्न सकेको छैन । बैंकहरुमा निक्षेप थुप्रिदा र कर्जाको माग बढ्न नसक्दा वित्तीय प्रणालीमा पर्याप्त तरलता थुप्रिएको छ ।

हाल बैंकमा करिब ६ खर्ब लगानीयोग्य रकम थुप्रिएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुणराज भट्टले समग्रमा बैंकिङ प्रणलीमा कर्जा दिन रकमको अभाव नभएको अवस्थामा यसलाई अवसरको रुपमा लिँदै नीजि क्षेत्रले उत्पादन मुलक क्रियाकलाप बढाउनु पर्ने बताए ।

बैंकिङ तरलता मुलुकको समग्र अर्थतन्त्रको संरचना संग जोडिएको हुँदा समग्र विकास निमार्णका काम तिब्र गतिमा अगाडी बढेर आर्थिक क्रियाकलाप विस्तार हुन सके मात्र कर्जाको माग बढ्ने उनको भनाइ छ ।

बैंकहरुले बचतकर्ताबाट संकलन गरेको रकमको ९० प्रतिशतसम्म कर्जाको रूपमा लगानी गर्न पाउने व्यवस्था छ । तर अहिले अहिले ८० प्रतिशत मात्रै लगानी भएको छ । यस्तोमा एकातिर निक्षेप बढ्ने अर्कोतिर निक्षेप र कर्जाको ब्याज सस्तो हुने तर कर्जाको माग बढ्न नसक्दा बैंक तथा वित्तिय संस्थाले चाहेर पनि कर्जा दिन नसक्ने अवस्थामा नरहेको बैंकिङ विज्ञ अनलराज भट्टराई बताउँछन् । बैंकहरुमा तरल सम्पती भए पनि स्वपूँजी कम हुँदा बैंकहरु अप्ठ्यारो अवस्थामा रहेको उनको भनाइ छ ।

यता वैशाख महिनाका लागि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर औसत ०.२९ प्रतिशतले घटाएका छन् । योसँगै वैशाखमा वाणिज्य बैंकहरूको एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको न्यूनतम ब्याजदर ५.६९१ र अधिकतम ६.९६४ प्रतिशत कायम भएको छ।

पछिल्लो समय सरकारले स्थानिय तहको रकम बैंकलाई निक्षेपको रुपमा गणना गर्न दिने व्यवस्था हटाइसकेको छ । सरकारले बैंकहरुलाई बिना ब्याज उपलब्ध गराएको उक्त रकम व्यवस्थापन गर्न पूनः राष्ट्र बैंकले निक्षेप संकलन गर्नु पर्ने स्थायी तरलता सुविधा दिनुपर्ने व्यवस्था तत्काललाई हटाइएकोले तरलता व्यवस्थापन केहि हदसम्म सहज हुने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्षको ८ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूले ६१ खर्ब ८८ खर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ५० खर्ब ९१ खर्ब रुपैयाँ मात्रै कर्जा लगानी गरेका छन् ।

निक्षेपको तुलनामा ८२.२८ प्रतिशत मात्रै कर्जा लगानी भएको छ। पछिल्लो समय निजी क्षेत्रले बजार माग कम भएको, लगानीको वातावरण नभएको र उपभोक्ताको क्रयशक्ति घटेको भन्दै कर्जा लिइरहेका छैनन् ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x