१५.४१ अंकले घट्याे नेप्से परिसूचक, काराेबार रकममा पनि गिरावट
काठमाडाैं, १० बैशाख । साताकाे काराेबारकाे दाेस्राे दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । साेमबार नेप्से परिसूचक १५.४१ अंक घटेर १९६९.०२ विन्दुमा पुगेको छ।
आज नेप्से पिरसूचकसँगै कारोबार रकम पनि घटेको छ। आइतबार ६३ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार रुपैयाँ बराबरको काराेबार भएकाेमा यस दिन ५६ लाख ५६ हजार कित्ता यर खरिदबिक्री हुँदा २ अर्ब ५ कराेड ८३ लाख रुपैयाँ बराबरको काराेबार भएकाे छ ।
आज म्युचिअल फण्ड समुहका उपसूचक बाहेक सबै समुहका उपसूचकहरू घटेका छन् ।आज सबै भन्दा बढी निर्माण र प्रशोधन समुहका उपसूचक १.२० प्रतिशतले घटेकाे छ ।