Date

शनि, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

कतारका अमिर थानी आउने उपलक्ष्यमा मंगलबार देशभर सार्वजनिक बिदा

कतारका अमिर थानी आउने उपलक्ष्यमा मंगलबार देशभर सार्वजनिक बिदा

काठमाडाैं, १० बैशाख । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने उपलक्ष्यमा सार्वजनिक विदा दिने भएकाे छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर थानी काठमाडौं आउन लागेकाेले मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको हाे ।

अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।  उनी राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग भेट गर्नेछन्।

दुईदिने औपचारिक भ्रमणका लागि अमिर भाेलि काठमाडौं आउँदैछन् एसियाली मुलुकको औपचारिक भ्रमणमा निस्किएका अमिर नेपालसँगै उनले फिलिपिन्स र बंगलादेशको भ्रमण गर्न कार्यतालिका छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x