Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

बजेटको आकार नबढाउन र यथार्थपरक बजेट ल्याउन पूर्वअर्थमन्त्रीहरूकाे सुझाव

बजेटको आकार नबढाउन र यथार्थपरक बजेट ल्याउन पूर्वअर्थमन्त्रीहरूकाे सुझाव

काठमाडाैं, १३ बैशाख । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०८१/८२ काे बजेकाे तयारीमा जुटेकाे छ । यसै सन्दर्भमा अर्थमन्त्री वर्षमान पुनले बुधबार बजेट बारे पूर्व अर्थमन्त्रीहरूसँग सुझाव लिएका छन् ।

अर्थमन्त्री पुनले पूर्वअर्थमन्त्रीहरू विष्णुप्रसाद पौडेल, डा. युवराज खतिवडा, डा. प्रकाशशरण महत, डा. प्रकाशचन्द्र लोहनी, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग सुझाव लिएका हुन्।

बजेटको आकार नबढाउन सुझाव दिँदै पूर्वअर्थमन्त्रीहरूले महात्वाकांक्षी र पपुष्लिट नभई कार्यान्वयन हुन सक्ने गरी यथार्थपरक बजेट ल्याउनु पर्ने सुझाए।

यस्तै, राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना र बहुवर्षीय ठेक्का स्वीकृत भएका चालु आयोजनाबाहेक बिना तयारीका योजनामा बजेट विनियोजन नगर्न पनि उनीहरूकाे सुझाव छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x