Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

लगानी सम्मेलनको दोस्रो दिन: होटल तथा सार्वजनिक निजी साझेदारी सम्बन्धी २ सम्झौता

लगानी सम्मेलनको दोस्रो दिन: होटल तथा सार्वजनिक निजी साझेदारी सम्बन्धी २ सम्झौता

काठमाडाैं, १७ वैशाख । वैशाख १६ गते अर्थात हिजाे आइतबारदेखि शुरू भएकाे तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनकाे आज दाेस्राे दिन विभिन्न सत्रमा कार्यक्रक सञ्चालन भइरहेका छन् ।

सम्मेलनकाे दाेस्राे दिन आज होटलसँग सम्बन्धित र सार्वजनिक निजी साझेदारीसँग सम्बन्धित विषयमा २ वटा लगानी सम्झौता भएकाे छ ।

जसअनुसार नेपालको शाख समूहले हङकङको बोर होटलसँग सम्झाैता गरेको हाे । सम्झौताअनुसार बोर होटलले नेपालको कपिलवस्तुमा होटलमा करिब १ अर्ब ९० करोड रुपैयाँ लगानी गर्ने छ । उक्त

यस्तै नेपाल एसोसिएसन अफ सार्वजनिक निजी साझेदारी (एनएपीपीपी) र वर्ल्ड एसोसिएसन अफ अफ पीपीपी युनिट एण्ड पीपीपी प्रोफेसनल (वाप्प)बीच समेत एमओयू सम्झौता गरिएको छ ।

सम्मेलनकाे पहिलाे दिन नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाको चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजबीच दुई सम्झौता भएको थियो ।

यस्तै भारतको योट्टा डेटा सर्भिसेज र नेपालको बीएलसी होल्डिंबीच डाटा सेन्टर स्थापना गर्ने सम्झाैता भएकाे थियाे । आयोजनामा रामकोटमा साढे ३ अर्ब रूपैयाँभन्दा बढी लागतको डाटा सेन्टर स्थापना हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x