Date

शुक्र, जेष्ठ ४, २०८१
Fri, May 17, 2024

बिहिबार नेप्से ७.३१ अंकले घट्याे, ४ अर्ब १३ करोडको कारोबार

बिहिबार नेप्से ७.३१ अंकले घट्याे, ४ अर्ब १३ करोडको कारोबार

काठमाडाैं, २० वैशाख । साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा  झिनो अंकले घटेकाे छ । आज नेप्से परिसूचक ७.३१ अंकले घटेर एक हजार ९९८ दशमलव ९६ विन्दुमा बन्द भएको हो ।

आज काराेबार भएकाे बजारमा ९४ लाख ९८ हजार २९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका कम्पनीमध्ये ७८ वटाको बढेको छ भने १६१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाकाे सेयर मूल्य १० प्रतिशतले बढेकाे छ भने पिपुल्स पावर लिमिटेडको शेयरमूल्य सर्वाधिक ८.२१ प्रतिशतले घटेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x