Date

शुक्र, जेष्ठ ४, २०८१
Fri, May 17, 2024

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त

काठमाडाैं, २० वैशाख । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कप्रद शेयर निष्काशन गर्ने भएकाे छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले १ः०.२७ को अनुपातमा जारी गर्न लागेको साविकका शेयरधनीलाई प्रति शेयर रु. १००।– दरको १,०६,९६,३२० कित्ता बराबरको हकप्रद शेयर निष्काशन तथा विक्री गर्ने भएकाे हाे ।

यसकाे निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x