बजेटमा स्टार्टअप उद्यमीहरूलाई प्रोत्साहन दिन सुझाव
काठमाडाैं, २२ वैशाख । अर्थमन्त्री वर्षमान पुनले युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँग छलफल गरेका छन् ।
अर्थमन्त्रालयमा शुक्रवार आगामी आर्थिक वर्षको बजेट तर्जुमाका विषयमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँग अर्थमन्त्री पुनले छलफल गरेका हुन् ।
आगामी बजेटमा युवा तथा विशेष गरी स्टार्टअप उद्यमीहरुको लागि बजेटमा समावेश गर्नुपर्ने सुझावको लागि छलफल गरिएको जनाइएको छ ।