Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

नेप्सेले किन बन्द गर्यो एक नयाँ ब्रोकरको टिएमएस ?

नेप्सेले किन बन्द गर्यो एक नयाँ ब्रोकरको टिएमएस ?

काठमाडौं, २४ वैशाख । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक नयाँ ब्रोकर कम्पनीको टिएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) बन्द गरिदिएको छ। मासिक रुपमा तिर्नुपर्ने प्राविधिक शुल्क नतिरेका कारण उक्त ब्रोकर कम्पनीको टिएमएस बन्द गरिदिएको हो।

ब्रोकर नम्बर ९२ रोड सो ब्रोकर कम्पनीको टिएमएस बन्द गरिदिएको हो। टिएमएस बन्द भए सँगै उक्त ब्रोकर कम्पनीबाट कारोबार गर्ने लगानीकर्ता दैनिक सेयर कारोबार गर्नबाट बन्चित भएका छन् ।

धितोपत्र कारोबार संचालन (तेस्रो संशोधन) वियमावलि, २०७९ को बिनियम २१ को च मा निबेदन दस्तुर तथा शुल्क सम्बन्धि व्यवस्था छ। उक्त विनियमको उप विनियम ३ मा “कारोबार सदस्यले नेप्सेको कारोवार प्रणालीमा कारोवार व्यवस्थापन प्रणाली आबद्ध गरे बापत नेप्सेलाई अनुसुचि २ ग बमोजिमको मासिक प्राविधिक सेवा शुल्क बुझाउनु पर्छ” उल्लेख छ।

त्यस्तो शुल्क कहिले बुझाउने भन्ने विषय पनि विनियमले बोलेको छ। विनियम अनुसार प्रत्येक त्रैमासिक अवधिको पहिलो महिनाको सात गते भित्र बुझाउनु पर्ने भनेको छ। उक्त अवधिमा पनि शुल्क नबुझाएमा नेप्सेले जुन सुकै बेला सेवा बन्द गर्न सक्ने विनियममा उल्लेख छ। सोहि नियम अनुसार नेप्सेले टिएमएस बन्द गरिदिएको जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x