Date

सोम, जेष्ठ ७, २०८१
Mon, May 20, 2024

निगमको जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानविन उप समिति गठन

निगमको जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानविन उप समिति गठन

काठमाडाैं, २८ वैशाख । नेपाल वायूसेवा निगमको 9N-AKX जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा वैशाख २३ गते निगमका कार्यकारी अध्यक्ष यूवराज अधिकारीको अध्यक्षतामा बसेको संचालक समितिको बैठकले संचालक समिति सदस्य व क्या सुधिर समशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानविन उपसमिति गठन गरेको छ ।

उक्त समितिलाई निगमको जहाजको इन्जिन Israel Aerospace Industry – IAI मा मर्मत संभार गर्न पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानविन एवम् अध्ययन गरी पन्ध्र दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।

यसभन्दा अगाडि कार्यकारी अध्यक्ष युवराज अधिकारीबाट नेपाल वायूसेवा निगम र IAI बीच भएको सम्झौताबमोजिम कार्य गर्न र ढिलाइ भएकोमा क्षतिपूर्ति समेत दाबी गर्नु भनी मिति २०८० / ११ / २२ मा CAM Department लाई आदेश समेत भएको थियो । यस विषयमा मिति २०८१/१/१७ गते बसेको निगम कार्यकारी समितिबाट कार्यकारी अध्यक्षले दिएको आदेश बमोजिम पहिलेको इन्जिन V2500 S/N V17672 मर्मतमा भएको ढिलाई र अर्को इन्जिन V2500 5 / N V17679 Breakdown पश्चात सम्झौताको शर्तअनुसार समयमा दिन नसकेको विषयमा विस्तृत विश्लेषण गरी क्षतिपूर्ति दाबी गर्न CAM Department ले कार्य अघि बढाउने भनी निर्णय भए बमोजिम आवश्यक कार्य प्रारम्भ समेत भैसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x