Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

हिमालयन रि इन्स्योरेन्सको नाफा शतप्रतिशत बढ्यो

हिमालयन रि इन्स्योरेन्सको नाफा शतप्रतिशत बढ्यो

काठमाडौं, ३० वैशाख । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०० दशमलव ५४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ४६ करोड ४३ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क १२३ दशमलव ९६ प्रतिशत बढेको छ भने कुल आम्दानी ९० दशमलव ५८ प्रतिशत बढेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *