Date

शुक्र, पुस १९, २०८१
Fri, January 3, 2025

जेठ महिनाका लागि वाणिज्य बैंकले घटाए ब्याजदर

जेठ महिनाका लागि वाणिज्य बैंकले घटाए ब्याजदर

काठमाडौं, ३१ वैशाख । वाणिज्य बैंकहरुले जेठ महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । प्रकाशित व्याजदर अनुसार वाणिज्य बैंकहरुले जेठ महिनाका लागि निक्षेपको व्याजदर घटाएका छन् ।

व्यक्तिगत निक्षेपतर्फको ब्याज घटाउने अन्य बैंकमा सिटिजन्स बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, सानिमा बैंक, प्राइम बैंक र कुमारी बैंक रहेका छन् । व्यक्तिगत निक्षेपको ब्याज घटाउने यी बैंक मध्ये कुमारी बैंक बाहेक सबैले संस्थागत निक्षेपको ब्याज पनि घटाएका छन् । कुमारीले भने संस्थागत निक्षेपको ब्याज स्थिर राखेको छ ।

हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टड बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक , र माछापुच्छ्रे बैंकले भने संस्थागत र व्यक्तिगत दुवै तर्फको निक्षेपको ब्याज स्थिर राखेका छन् ।

ग्लोबल आईएमई बैंक, र प्रभु बैंक र एनआईसी एशिया बैंकले भने व्यक्तिगत निक्षेपतर्फको ब्याज बढाएका छन् । यी मध्ये प्रभु बैंकले संस्थागत तर्फको निक्षेपको ब्याज स्थिर राखेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x