Date

शुक्र, चैत्र २८, २०८१
Fri, April 11, 2025

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई व्याग वितरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई व्याग वितरण

काठमाडौं,३१ वैशाख । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बालुवाटार ४, काठमाण्डौस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वैशाख २८ गतेका दिन स्कुल व्याग वितरण गरेको हो ।

बैंकले वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेसंगै त्यस विद्यालयमा अध्ययनरत कक्षा ८ र ९ का विद्यार्थीहरुलाई २०० थान स्कुल व्याग, २०० वटा कापी तथा २०० वटा कलम वितरण गरेको हो ।

सो व्याग वितरण कार्यक्रममा बैंकको तर्फबाट प्रमुख सञ्चालक अधिकृत अपूर्व प्रसाद जोशी र महेन्द« राष्ट्रिय माध्यमिक विद्यालयको तर्फबाट प्रधानाध्यापक देवराज गुरुङको उपस्थिति रहेको थियो । सो व्याग वितरण कार्यक्रमले विद्यार्थीहरुमा निकै हर्ष र सकारात्मक उर्जा थपिएको अनुभुति पाइएको बैंकले जनाएको छ ।

बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x