Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

नेपाल टेलिकमको नाफा ३.६३ प्रतिशतले बढ्यो

नेपाल टेलिकमको नाफा ३.६३ प्रतिशतले बढ्यो

काठमाडौं, ३१ वैशाख। नेपाल टेलिकम (एनटीसी) को खुद नाफामा ३.३६ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ५ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफा बढेता पनि कम्पनीको आम्दानीमा भने गिरावट आएको छ । कम्पनीले समीक्षा अवधिसम्म ३१ अर्ब २० करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ६.०३ प्रतिशतले कम हो । कम्पनीको रिजर्भको आकार ७४ अर्ब ३३ करोड रुपैयाँ बराबर रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २.११ प्रतिशतले कम हो । कम्पनीको कुल चालु सम्पत्ति ६६ अर्ब ३४ करोड रुपैयाँ र कुल चालु दायित्व ३९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेको छ । कम्पनीको ईपीएस ४०.०९ रुपैयाँबाट बढेर ४१.४४ रुपैयाँ कायम भएको छ ।

त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ५१२.९९ रुपैयाँ र पीई अनुपात २०.१३ गुणा कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x