नौ महिनामा कुल आन्तरिक कर्जा १.८ प्रतिशतले बढ्याे
काठमाडाैं, २ जेठ । आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा कुल आन्तरिक कर्जा १.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५.० प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा यस्तो कर्जा ५.५ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दावी १७.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ९.१ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा यस्तो दावी २.६ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो दावी ४.३ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ५.४ प्रतिशतले बढेको छ ।