Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

बुधबार ९.५४ अंकले घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट

बुधबार ९.५४ अंकले घट्याे नेप्से, काराेबार रकममा पनि गिरावट

काठमाडौं, २ जेठ । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक घटेकाे छ । लगातार ४ दिन बढेकाे बजार आज ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा बन्द भएको छ।

यस्तै आज काराेबार रकम पनि घटेकाे छ । मंगलबार चार अर्ब ८ करोड ८८ लाख ५३ हजार ६६४ रूपैयाँको कारोबार भएकोमा आज ३१५ वटा धितोपत्रको ८४ लाख ९० हजार ७२२ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रूपैयाँको सेयर कारोबार भएको छ।

बुधबार ६५ कम्पनीको सेयर मूल्य बढेको र १७२ वटाको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *