Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

प्रतिपक्षकाे अवरोधबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

प्रतिपक्षकाे अवरोधबीच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं, १३ जेठ ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधकाबीच प्रतिनिधिसभाबाट आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकले बहुमतले आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो ।

सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रश्तुत गरेको आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।

सभामुख घिमिरेले नेपालको संविधानको धारा ११९ बमोजिम जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने भएकाले सोही दिन १ बजे बस्नेगरी संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उपस्थित हुन आग्रह गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x